मेरो कहानीको लेखक,प्रोडुसर तथा डाइरेक्टर सबै सबै मै

यो मेरो कहानी हो !
यसको हिरो पनि मै ,भिलेन पनि मै
यसको लेखक, प्रोडुसर तथा डाइरेक्टर सबै सबै मै
बस खाँचो छ यौटा यस्तो सहयात्री पात्रको
जसले पाठ सिकेको होस् नैतिकताको,
सिकाएको होस सामाजिक मूल्यको दृष्टान्त
जसले बुझेको होस् ईमान्दार हुनुको अर्थ
जसको मनमा भगवानको भर होस्
अलिकती ईज्जत र चरित्र को डर होस् ।
बरू तेल म थप्दै जाउँका, बत्ती बनेर मै जलुला
छेकोस सानातिना हावाका छेस्काहरूबाट
अनि निभ्न नदेओस् बिश्वासको दियो ।
बरू,
नहेरूला घरपरिवार, कुल र खानदान,
नहेरूला रुपै र रङ्ग, चाहिंदैन धन सम्पत्ति
बरू,
उसलाई चाहिएको दिने क्षमता छ मसँग
कुनै ठुला आशा र अपेक्षा छैनन्
अरू ,
सकुनको सिस्नो खाएर प्रेमको झुपडीमै रमाउला बरु..
बस बुझोस् मौनताको मर्म,
निभाओस प्रेमको धर्म
सँगै बाडौला नि ! सुख, दुख हाँसो रोदन र कर्म . .
यो मेरो कहानी हो !
यो कहानीले सह पात्र भेट्टाएको दिन
हुनेछ यौटा नुतन सपनाको सुरूवात
नयाँ उडानको तयारी
अनि बन्नेछ
मेरो कहानी ! पनि हाम्रो कहानी !!
फेरिने छ मेरो सुख दुख, हाम्रो सुख:दुखमा
जसलाई रिलिज गरौला नि
हाम्रो आफ्नै जिन्दगी नामको सिनेमा घरमा
"म रामकाे राेलमा या रावणकाे राेल मा बाँचु ?
म राम बनूँ कि रावण ?
पुकार प्रेमानन्द
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र ! देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।
सम्हाल्नै सकिन मैले सम्हाली देऊ सीसाझै टुक्रिएर चाहना छरिएका छन् ।l