मिटरब्याज पीडितहरू धादिङको सिम्ले हुँदै उकालो लागेर काठमाण्डौ आउँदै

काठमाण्डाै, फाल्गुन ९
मिटरब्याज पीडित निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आउन लागेका मिटरब्याज पीडितहरू माघ १६ गते सहिददिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरू गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका उनीहरू काठमाण्डौतर्फ हिंडेका हुन् । मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।
न्याय मार्चमा निस्किएका मिटरब्याजपीडितहरु धादिङको सिम्ले हुँदै काठमाण्डौतर्फ लागेका छन् । झण्डै दुई सय महिला र एक सय ५० जना पुरुष गरी साढे तीन सयको सङ्ख्यामा रहेका उनीहरू पैदल यात्रामा छन् ।
बिहान ७ बजे धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट पीडिहरू काठमाण्डौतर्फ लागेका हुन् । पैदल यात्रा सकसपूर्ण रहेको र दिनमा २० किलोमिटर पनि हिँड्न नसक्ने अवस्था रहेको पीडितको गुनासो छ । थकाइ र शरीर गलेका कारण आज बेलुकासम्म पनि काठमाण्डौ छिर्न मुश्किल पर्ने देखिएको उनीहरूको भनाइ छ ।
फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरूका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।
पीडितहरुको धर्ना, प्रदर्शन र दवावपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरूका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताएका छन् l
सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको अध्यक्ष कुशवाहले बताएका छन् l अब उनीहरू काठमाडौँ आएर निर्णायक आन्दोलन गर्ने तयारीमा छन् l उज्यालोले यो सामग्री आज राखेको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...