मिटरब्याज पीडितहरू धादिङको सिम्ले हुँदै उकालो लागेर काठमाण्डौ आउँदै
काठमाण्डाै, फाल्गुन ९
मिटरब्याज पीडित निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आउन लागेका मिटरब्याज पीडितहरू माघ १६ गते सहिददिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरू गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका उनीहरू काठमाण्डौतर्फ हिंडेका हुन् । मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।
न्याय मार्चमा निस्किएका मिटरब्याजपीडितहरु धादिङको सिम्ले हुँदै काठमाण्डौतर्फ लागेका छन् । झण्डै दुई सय महिला र एक सय ५० जना पुरुष गरी साढे तीन सयको सङ्ख्यामा रहेका उनीहरू पैदल यात्रामा छन् ।
बिहान ७ बजे धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट पीडिहरू काठमाण्डौतर्फ लागेका हुन् । पैदल यात्रा सकसपूर्ण रहेको र दिनमा २० किलोमिटर पनि हिँड्न नसक्ने अवस्था रहेको पीडितको गुनासो छ । थकाइ र शरीर गलेका कारण आज बेलुकासम्म पनि काठमाण्डौ छिर्न मुश्किल पर्ने देखिएको उनीहरूको भनाइ छ ।
फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरूका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।
पीडितहरुको धर्ना, प्रदर्शन र दवावपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरूका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताएका छन् l
सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको अध्यक्ष कुशवाहले बताएका छन् l अब उनीहरू काठमाडौँ आएर निर्णायक आन्दोलन गर्ने तयारीमा छन् l उज्यालोले यो सामग्री आज राखेको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...