हिन्दु राष्ट्रका पक्षमा कांग्रेस पूर्वमहामन्त्री डा.शशांक कोइरालासहित १००० हाराहारीमा महासमिति सदस्यको हस्ताक्षर

काठमाडौँ, फाल्गुन ८
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र स्थापना अभियानमा ६ सय प्रतिनिधिहरूले हस्ताक्षर गरेको बताइन्छ l महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको हिन्दुवादी अभियानकर्मीहरूले जानकारी दिएका छन् l
मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा.सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहमन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन् । मंगलबार बेलुकासम्म १००० महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेको बताइन्छ । त्यसमा ३५ भन्दा बढी केन्द्रीय सदस्यले हस्ताक्षर गरेको चर्चा छ l
कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन् । कांग्रेस भित्रका केही नेता, मुस्लिम सङ्घ, आदिवासी जनजाति सङ्घलगायत केही भातृ एवं शुभेच्छुक संस्थाहरु उक्त अभियानको विरुद्धमा उभिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो । अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको प्रष्ट पार्दै आइरहेका छन् l
नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीको निरन्तर आपत्ति छ l
गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।
महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडि ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् ।
कांग्रेस नेता खुमबहादुर खडकाले पनि विगतमा हिन्दु राष्ट्र बनाउनु पर्ने मागको नेतृत्व गर्दै आएका थिए l
नेपाली कांग्रेसको महासमिति बैठकबाट हिन्दु राज्यको एजेण्डामा पार्टीलाई फर्काउन केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सल्लाहकार परिषद समेत थियो l
महाअभियानको सहसंयोजकमा पूर्व गृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्व सभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन गरेको थियो l
सो बैठकले फागुन ५ गते नयाँ बानेश्वरमा महासमिति बैठकमा उठान गर्ने एजेण्डासहित महाअभियानको घोषणापत्र जारी गर्ने निर्णय समेत गरेको थियो त्यसैको निरन्तरस्वरूप कांग्रेस महासमितिको बैठक स्थलमा हिन्दुराज्य स्थापनाको मागमा कांग्रेस जानुपर्ने विषयमा हस्ताक्षर सङ्कलन गर्ने काम भइरहेको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...