सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौँ : प्रदिप पौडेल
बुटवल । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सुन काण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक/एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस-कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,’ उनले भने, ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’
नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।
नेता पौडेलले सङ्घीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब सङ्घ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । ठूलो संख्या भए पनि उपलब्धिमूलक काम नभएको र नागरिकको मन जित्न नसकेकाले कांग्रेसमार्फत सङ्घीयतालाई छरितो बनाउन राजनीतिक बहस चलाउनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...