फाल्गुन १ गते पूर्व राजाको हातबाट दियो बालेर आन्दोलनको घोषणा गर्ने दुर्गा प्रसाईको घोषणा
काठमाडौं, माघ २७
मेडिकल व्यवसायी तथा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियान' का संयोजक दुर्गा प्रसाईले फागुन १ गते हुने कार्यक्रममा, व्यवस्था फेर्ने आन्दोलनमा सहभागी हुन देशवासीलाई अनुरोध गरेका छन् l
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानले आफ्नो कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्यालो खोज्ने अभियान सुरु हुने कुरा प्रसाईले गरेका छन् l
उनले भने, ‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिति हुन्छ भन्ने आशा गरेको छु। सबै नेपालीहरूकको उपस्थितिमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं । तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं । सै पनि एमाले मै पनि एमाले भन्ने गीत बजारमा हराइसक्यो।’ होइन त ? भन्दै दुर्गाले सहभागीसँग समर्थन खोजेका थिए l
प्रसाईंले व्यवस्था उल्ट्याउने घोषणासहित आन्दोलन गर्दै आएको र सोही निरन्तरता अहिले भएको जनाएका छन् l पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी गरे।
उनले भने, मैले पहिला पनि निम्तो दिएको थिएँ उहाँ आउनुभयो । अहिले पनि मैले निम्तो दिएको छु । उहाँलाई नेपाली जनताको माया भए आउनुहुन्छ । मैले उहाँसँग तीन घण्टा कुरा गरेको हुँ । हामीले निमन्त्रणा पठाएको छौं । आउनुहुन्छ भन्ने हो, उहाँ आउनुभएन भने पनि मेरो चित्त दुखाइ छैन ।’उनले पूर्व राजाको आन्दोलनमा सहभागिताको कुरा मात्र गरेनन्.प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई आफ्नो जनआन्दोलनमा सहभागी हुन आह्वान समेत गरेर व्यवस्था फेर्ने आन्दोलन सबैको हो भनेका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...