शान्ति बाटिकामा नगर प्रहरीले हस्तक्षेप गर्दा आरतीद्वारा विष सेवन

काठमाडौं, माघ, २३
रत्नपार्कस्थित शान्ति बाटिकामा २४ दिनदेखि अनशन बस्दै आइरहेकी आरती रावललाई नगर प्रहरीले बाहिर निकालेपछि रावलले विष सेवनको प्रयास गरेकी छन् । नगरप्रहरीले तत्काल हस्तक्षेप गरेर उनलाई रोके ।
आज नगर प्रहरीले बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई लखेटेको थियो । त्यस क्रममा अरूसँगै आरती रावल पनि निकालिइन् ।
प्रहरीले सामान निकाल्न प्रयास गर्दा आरतीले आफूसँग रहेको विषको बोतल घुर्क्याउने प्रयास गरिन् । तर, प्रहरीले उनको हातबाट बोतल खोस्यो । त्यसपछि उनका सामानहरू बाहिर निकालेर मिल्काइदिएका थिए
उनी न्यायाधीश भुवन गिरीकी पत्नी हुन् l आफ्ना पतिलाई वैवाहिक बलत्कारको आरोप सहित उनी संघर्षमा छन् l
श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग सहित उनले अनशन सुरु गरेकी हुन् ।
।आरतीको हातमा लगाएको स्लाइन खुस्किएको थियो । उनी लगातार चिच्याइरहेर वातावरण कोलाहलमय थियो l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...