पूर्व मन्त्री एवम् कांग्रेस नेता बुढाथोकीको निधन
काठमाडौं,माघ,२३
नेपाली कांग्रेसका नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको छ l
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए । निमोनियाको समस्या देखिएको थियो, त्यसपछि ब्लड प्रेसर पनि कन्ट्रोल हुन नसकेर त्यसले शरीरका भित्री अरू अङ्गमा पनि असर पुगे पछि निधन भएको अस्पताल स्रोतले जानकारी गराएको छ l
केशवकुमार बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
पंचायतकालदेखि नै बुढाथोकी राजनीतिमा सक्रिय व्यक्ति हुन् l बुढाथोकीको आफ्नो-आफ्नो सगरमाथा' पुस्तक पनि प्रकाशित छ l २०२४ सालमा विद्यार्थी आन्दोलनबाट राजनीति सुरू गरेका बुढाथोकी नौ महिना जेल समेत परेका थिए l झापा क्षेत्र नं ५ बाट निर्वाचित भएर संसदमा प्रतिनिधित्व समेत गरेर सामान्य प्रसाशन मन्त्री समेत भएका व्यक्ति थिए l अंग्रेजी साहित्यमा स्नातक बुढाथोकी राष्ट्रिय पंचायतमा समेत विजयी भएर पुगेका थिए l राष्ट्रिय पंचायतमा बहुदलको वकालत गरेको कारण निष्कासनमा समेत परेका व्यक्ति हुन् l हाल कांग्रेसको केन्द्रीय सदस्यको रूपमा बुढाथोकी कार्यरत थिए l
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...