पूर्व राष्ट्रपति भण्डारीको मूल्याङ्कन,ओली सर्वाधिक प्रतिभाशाली नेता
काठमाडौँ, माघ १६
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताका रूपमा विश्लेषण र व्याख्या गर्दै उच्च तारिफ गरेकी छन् l
मंलबार ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबारे यस्तो बताएकी हुन् ।
‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ’, उनले भनिन्, ‘सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।’
साथै उनले अध्यक्ष ओली राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञानलगायतका विषमा समेत गहन ज्ञान भएको नेता भएको बताइन् ।
‘सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसद्मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन्’, भण्डारीले भनिन्, ‘र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् ।
त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ । निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ ।’ ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उनको भनाइ छ ।
अव यी मन्तव्यहरू आम पाठकका बीचमा आएका छन् । नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरूले गरेका सार्वजनिक अभिव्यक्तिहरू को दस्तावेजीकरणले ठूलो महत्व राख्दछ । अव यो संग्रह सबैको साझा सम्पति भएको छ ।
यस्ता अभिलेखहरुरू भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्दछ । साथै अनुसन्धानकर्ताहरू \, इतिहासकारहरू तथा आम पाठकलाई कुनै निश्चित समय अवधिको परिवेश, चुनौतिहरू र जनताका आकांक्षाहरू बुझ्न यस्ता अभिलेखहरू उपयोगी हुन सक्दछन्' l पूर्वराष्ट्रपति भण्डारीको कथन थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...