नार्कको कार्यकारी निर्देशक नियुक्ति मापदण्ड विपरित भएको भन्दै रास्वपा सांसद विनीता कठायतद्धारा ध्यानकर्षण
काठमाडौँ,माघ, १५
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद बिनिता कठायतले राष्ट्रिय कृषि तथा अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकको नियुक्ति मापदण्ड विपरित भएको भन्दै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाको ध्यानाकर्षण गर्दै ध्यानाकर्षण पत्र बुझाएकी छन् l
नार्कमा हालै नियुक्ती गरिएको कार्यकारी निर्देशक मापदण्डनुसार नभएको भन्दै सांसद कठायतले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ : “ कार्यकारी निर्देशकमा नियुक्त व्यक्तिले एनएआरसी ऐन २०४८ मा उल्लेखित योग्यताहरू पूरा नगरेको देखिन्छ ।
विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिहरूको अभिलेख भएको हुनुपर्ने मापदण्ड छ । तर यी कुनै मापदण्ड पुरा नगरी कार्यकारी निर्देशक नियुक्त गरिएकोले वैधता र नियम पालनाको बारेमा प्रश्न खडा भएको हो ।”
सांसद कठायतद्वारा बुझाइएको ध्यानाकर्षण पत्र :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...