भष्ट्राचारीलाई जहिले पनि धन अनि नाम चाहियो - शुचिता काफ्ले
भष्ट्राचारीलाई जहिले पनि धन अनि नाम चाहियो
दु:खी गरीवलाई साँझ बिहान पेट भर्न काम चाहियो
खाडीमुलुकमा गई काम गर्ने लाखौं युवा छन हाम्रा
कोसँग भनुन,खै उनीहरूले मलाई आराम चाहियो
बाबु-आमा नपुजी दिनहुँ मोठमन्दिर धाउनेलेहरूले
पुण्य कमाउन भन्छन उल्टै हामीलाई चारधाम चाहियो
अर्कालाई मासेर जस्ले पापको आर्जन गरीरहेको छ
उस्ले नै भन्ने गर्छ मरे पछि स्वर्गमा बस्ने ठाम चाहियो ।
- शुचिता काफ्ले
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्