नेपाली कांग्रेसका महामन्त्री गगन थापा माघ १३ बाट संवाद यात्रामा निस्कने
काठमाडौँ, माघ, १२
नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार बिहान ८ बजेदेखि मेची-महाकाली संवाद यात्रामा निस्कने भएका छन् । महामन्त्री थापाले माघ १३ देखि माघ २६ गतेसम्म संवाद यात्रा हुने जानकारी दिएका छन् l संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । न्युनतम पाँच वटा कार्यक्रम गएउटा जिल्लामा हुने थापाको आँकलन छ l
संवाद यात्रामाको बाटो हुलाकी राजमार्गको बनाइएको छ । तर, हुलाकी राजमार्ग हिँड्ने अभियान होइन । हुलाकी राजमार्ग वरिपरीको समुदायसँग अन्तर्क्रिया गर्ने अभियान हो l
पार्टीका कार्यकर्ता र जनताका गुनासा,सुझाव, सल्लाह,निर्देशन सुन्न झापाको छोटी भन्सारबाट भोलि संवाद यात्रा सुरु हुनेछ । १३ दिने संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्लामा पुग्ने र कार्यक्रममा सहभागी हुनेछन् l
२१ जिल्लामा पार्टीका कार्यकर्ता र जनतालाई नजिकबाट सुन्ने कार्यक्रम छ । कांग्रेसले भोलिदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ। त्यही अभिया न अन्तर्गत हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको गगन थापाले जानकारी गराएका छन् l
महामन्त्री थापाका अनुसार संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुनेछ ।
एउटा कार्यक्रम ‘समुदायसँग कांग्रेस’सँग अभियानजस्तै ठाउँ-ठाउँमा दिनमा दुई वटा खुला संवाद हुन्छ । खुला संवादमा पार्टीका साथीहरूलाई सार्वजनिक सूचना गरेर सार्वजनिक ठाउँमा आम मान्छेलाई बोलाउन भनिएको छ । जहाँ आम नागरिकका हामी कुरा सुन्छौं । त्यहाँ देशका बारेमा, प्रदेशका बारेमा, स्थानीय आदि जनताले प्रस्तुत गरेका सुझाएका सम्झाएका र सच्याउन चाहेका विषयमा अन्तर्क्रिया हुन्छ l
सबै तह र तप्काका समस्या सुन्ने, पार्टीका कुरा पनि सुन्ने सुनाउने र स्थानीय समस्या, समस्याका अनेक आयाम र समाधानका उपाय बारे जनतासँग बसेर छलफल गर्ने कार्यकर्मको उदेश्य रहेको थापाको कथन छ l
स्मरणीय : akabarey.com ले फोटो गगन थापाको फेस बुक पेजबाट साभार गरेको छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...