सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क वितरण गरिने स्यानेटरी प्याड किन्दा भ्रष्टाचार
काठमाडौं, माघ, १२
सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क वितरण गरिने स्यानेटरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा चलाएको छ l
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ l
उक्त भ्रष्टचारजन्य कसुरमा संलग्न चारजना कर्मचारीहरूलाई ;भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल' उपरको माग गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरूका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानेटरी प्याड खरिद गरेको थियो ।
विशेष अदालत काठमाडौंमा दायर आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारी पनि मुख्य कसुरदारहरूलाई सरह सजाय गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको अख्तियारले जानकारी दिएको छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...