रास्वपाले ढिलासुस्तीका आयोजनाहरूमा खबरदारी र दबाब यात्रा गर्ने
रास्कावपाले काठमाडौँ,माघ, ३
माघसंसदको चौथो ठुलो दल र दोस्रो प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २७ अलपत्र आयोजनाको पैदल यात्रा गर्ने भएको छ ।
समयमै निर्माण पूरा गर्न ती रुग्ण आयोजनामा पैदल यात्रा गर्न लागिएको रास्वपाले जानकारी दिएको छ l
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले रुग्ण आयोजनाको पहिचान गरी दबाब यात्रा गर्ने निष्कर्ष निकालेको छ l
‘रास्वपाले आफ्नो पार्टी अभियानअन्तर्गत मिसन ८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरू गरेको छ । अभियानको सुरूआतमा नारायणगढ–बुटवल दबाब यात्रामा सहभागी सांसद तथा रास्वपाका सांसदद्वय शिव नेपाली र निशा डाँगीले खबरदारी र दवाब कार्यक्रमले जनता र सेवाग्राहीसँग प्रत्यक्ष संवाद हुने,स्थानीय समस्यासँग साक्षात्कार हुने र निर्माणव्यवसायीसँग पनि संवाद गर्न सकिने भएको कारण यात्राको विशेष महत्व रहने र समग्र राष्ट्रको ध्यान आकृष्ट हुने हुँदा पार्टी नागरिक सचेतता अभियानमा लाग्ने जानकारी दिएका छन् l नारायणगढ र बुटवल खण्डमा निर्माण व्यावसायीहरूसँग भने भेट हुन् नसकेको व्यावसायीहरू तर्कको गुनासो गरिन् l सांसद नेपाली भन्छन् : 'हाम्रो खबरदारीले देशको विकास आयोजनाहरूको स्थिति चिन्न र चिनाउन सहयोग पुग्छ l विकासको मामलामा हामी कति ढिलासुस्ती र बेथितिको चाङमा उभिएका छौ र यसको जबाफदेहिता खोज्न हाम्रो अभियान कामयावी बन्नेछ l'
रास्वपाद्वारा आयोजनाहरूबारे थप आध्यायाँ गरी कार्यक्रमको सम्भावित प्रारूप र मिति प्रस्ताव गर्न एउटा कार्यदल समेत बनाएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...