राष्ट्रियसभामा १९ स्थानको लागि उठेका ४७ उम्मेदवारहरू
काठमाडौं, पुस,२३
राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ । गठबन्धनबाट १९ जना, नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना मैदानमा छन् ।
निर्वाचनको लागि आज उम्मेदवारी दर्ता सुरू भइसकेको छ । अहिलेसम्म सबै दलले उम्मेदवारको टुंगो लगाएर केहीले उम्मेदवारी दर्ता समेत गरिसकेका छन् ।
को-को छन् चुनावी मैदानमा ?
नेकपा एमाले
राष्ट्रियसभा निर्वाचनको लागि १९ पदमा एमालेका १९ जना नै मैदानमा उत्रिएका छन् ।
एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौँ), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) लाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, अपांगता र अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्री देवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता र अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् ।
नेपाली कांग्रेस
नेपाली काङ्ग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका १० जना चुनावी मैदानमा उत्रिएका छन् । कोशीमा सिटौला उम्मेदवार बन्दा मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनेका छन् ।
बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार छन् । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटा चुनावी मैदानमा छन् । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्य बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार छन् ।
उम्मेदवार छनोटसँगै कांग्रेसभित्र विवाद पनि चुलिएको छ । शेखर-गगन समूहले ४ जना माग्दा सभापति देउवाले ३ जना मात्रै दिएपछि कांग्रेसभित्र गुटको विवाद अझ बढेको छ । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री गगन थापाले लिखित र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मौखिक ६ बुँदे असहमति राखेका छन् ।
माओवादी केन्द्र
सत्ता गठबन्धनभित्र १९ सीटमध्ये ६ सीटमात्रै आफ्नो मागमा परेपछि अहिले माओवादी केन्द्रले ७ प्रदेशमा ६ उम्मेदवार उठाएको छ । कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द चुनावी मैदानमा उत्रिएकी छन् ।
नेकपा एस
अन्तिमसम्म पनि ३ सीटको लागि लबिङ गरिरहेको नेकपा एस अन्ततः २ जनालाई मात्रै चुनावी मैदानमा उतारेको छ । एकीकृत समाजवादीको बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल चुनावी मैदानमा छिन् ।
पार्टीले दुईजना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । तीनजनाले दुईजनालाई टिकट दिए ।
राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १५ जना उम्मेदवार निर्वाचनमा होमिएका छन् । ६ जना उम्मेदवार तय गरिएपनि प्रस्ताव/समर्थक टुंगो नलागेकोले राप्रपाले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रस्ताव/समर्थक टुंगो लागे १९ वटै ठाउँमा उम्मेदवारी दिने राप्रपाले जनाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम टुङ्ग्याएको भए पनि सार्वजनिक गरिएको थिएन । स्रोतले दिएको जानकारीअनुसार कोशीबाट एक, मधेसबाट २, बागमतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार उठाउन लागिएको हो । यस्तै कर्णालीबाट १ र सुदूरपश्चिमबाट ३ उम्मेदवार राप्रपाले छनोट गरेको छ ।
कोशीबाट उद्धव पौडेल एकमात्र उम्मेदवार बन्ने भएका छन् । बागमतीमा महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङको नाम फाइनल गरिएको छ । गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । यस्तै, लुम्बिनीबाट निरञ्जन थापा र विजयीलक्ष्मी उठ्ने भएका छन् ।
जसपा
गठबन्धनमा एक सीट पाएको जसपाले पूजा चौधरीलाई अघि सारेको छ ।
जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी पूजा गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् ।
जनमत र रास्वपालगायत अन्य दलले आफ्नो उमेद्वार प्रस्तुत गरेका छैनन् l सरकार पक्ष धरहरूको गठबन्धनका कारण अन्य दल र उमेद्वारले जित्ने सम्भावाना नभए पनि नेकपा एमाले र राप्रपाले १९ स्थानमा नै आफ्नो दावी पेश गर्ने भएका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...