गोविन्द केसीलगायतका ९ जना अभियन्ता माइतीघरबाट पक्राउ
काठमाडौँ, पुस, २१
निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी, पुकार बम, शशिविक्रम कार्की, प्रेम चलाउने, हरिचन्द्र कमलीलगायत ९ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरी सिंहदरवार प्रहरी वृतमा पुर्याएर राखेको छ l
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।
डा. केसी सहितका अभियन्ताले एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरूले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप समेत लगाएका छन् । माइतीघर मण्डलालाई निषेध क्षेत्र घोषणा हुँदा देखि नै सो को विरोधमा डाक्टर केसी पटक पटक पक्राउ परेका थिए l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l