गोविन्द केसीलगायतका ९ जना अभियन्ता माइतीघरबाट पक्राउ
काठमाडौँ, पुस, २१
निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी, पुकार बम, शशिविक्रम कार्की, प्रेम चलाउने, हरिचन्द्र कमलीलगायत ९ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरी सिंहदरवार प्रहरी वृतमा पुर्याएर राखेको छ l
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।
डा. केसी सहितका अभियन्ताले एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरूले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप समेत लगाएका छन् । माइतीघर मण्डलालाई निषेध क्षेत्र घोषणा हुँदा देखि नै सो को विरोधमा डाक्टर केसी पटक पटक पक्राउ परेका थिए l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...