पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन
रुपन्देही, पुस, १९
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । पूर्व राजालाई शाहलाई आज स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।
अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी र परिवारसहित सहभागी भएका छन् । अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहभागी भएका नागरिक तथा विभिन्न सङ्घ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।
नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति भैरहवाका संयोजक डा.रामप्रसाद बस्यालले जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेको बताए । देशको अवस्था धेरै बिग्रिएको बताउँदै उनले राजालाई सम्मानजनक रूपमा देशको नेतृत्वमा रहेको जनताले हेर्न चाहेको बताए । अभिनन्दन समारोहमा ‘राजा आऊ, देश बचाउ’ भन्ने लगायतका नारा लगाइएको थियो । सो सभालाई सम्बोधन गर्दै ज्ञानेन्द्र शाहले भने :
'देशमा बेरोजगारी, गरिबी, शैक्षिक कमजोरीका कारण युवा विदेश जानुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले देशको विकास र समृद्धिका लागि एकै ठाउँमा उभिन पनि सबैलाई आह्वान गरे । बिहीबार भैरहवामा आफ्नो नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले सम्पदा र स्रोतको ठूलो धनी देश भएर पनि नेपालीले दुःख पाइरहेको बताए । जनताको राय भारतले नेपालमा २० करोडसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सहमति कस्तो लाग्यो ?
नेपालको विकास लागि महत्त्वपूर्ण कदम भारत झन् नेपालमा हाबी हुने अवसर दुई मुलुकको सम्बन्ध थप बलियो पार्ने उद्देश्य केही भन्न चाहन्नँ ‘देशमा बेरोजगारी, गरिबी, शैक्षिक कमजोरीका कारण लाखौं युवा विदेश जानुपरेको छ,’ उनले भने, ‘देशको माया नभएर होइन, मुलुकको अवस्था बिग्रिएर अवसर नपाएपछि विदेशिन बाध्य भएका हुन् ।’
आफू मात्र सही, आफू हिँडेको बाटो मात्र ठीक भन्न छाड्नुपर्ने उनले बताए । ‘विगतलाई बिर्सिदिऔं, घृणाको आगोलाई निभाएर मुलुकको विकास र समृद्धिका लागि सबै एकै ठाउँमा उभिऔं,’ उनले आह्वान गर्दै भने, ‘नेपालमा कस्तो विधि ल्याउने, कसरी अगाडि बढ्ने भन्नेबारेमा मार्गचित्र हामी नेपाली आफैंले तय गर्ने कुरा हो ।’ देशमै उत्पादन उद्यम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने बेला आएको छ l'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...