रवि लामिछाने आफूलाई खोया हान्ने व्यक्तिलाई भेट्न जाने
पोखरा, पुस, ७
शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ l रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् ।
खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला । माला लगाएर घर छाडिदिनू होला । देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएकाले यो सुरक्षाकर्मी साथीहरूलाई मेरो अनुरोध र निर्देशन पनि भयो । म उहाँको परिवारलाई भेट्न म छिट्टै जानेछु ।’
उनले प्रहारको बदलामा एउटा फूल रोपेर जाने सुनाए । उनी भन्छन्, ‘मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।’ यसलाई जनताले दिएको चेतावनी ठानेको उनले सुनाए ।
लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन् । जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन ।’
लामिछानेले खाेया प्रहार गर्ने व्यक्तिका विषयमा कास्कीका प्रहरी प्रमुख एसपी माेहन थापालाई फाेन गरेर जानकारी लिएका थिए । एसपी थापाका अनुसार पक्राउ पर्ने व्यक्ति लमजुङका बासिन्दा हुन् ।
उनी लमजुङको राइनास नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्ण रानाभाटका आफन्त भएकाे पत्ता लागेकाे थापाले लामिछानेलाई बताए ।
`श्रीमतीले छाेडेकी हुन् रे । एउटा बच्चा रहेछ । पहिले अटाे ड्राइभर रहेछ । अहिले कुनै काम नगरी आवारा भएर हिँडिरहेकाे छ रे´, उनले सुनाए ।
यसैबीच लामिछानेले नियाेजितरूपमा आफ्नाेविरूद्ध प्रचारवाजी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कान्तिपुरमा प्रकाशित समाचारप्रति कडा प्रतिक्रिया जनाएका हुन् । खाेया प्रहार गर्नु अगाडि नै समाचार रेडी रहेकाे उनकाे दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...