साहित्य शृङ्खला - शर्मिला कार्की ' शरु' का मुक्तकहरू

१
जिन्दगीको नदी तर्नु छ,तेज प्रवाह छ,अप्ठ्यारा छन्
तर सहयात्राको आनन्द र लक्ष्यका सुन्दर किनारा छन्
भेल,बाढी पनि आउन सक्छ,तर मैंले आत्तिनु पर्ने छैन
जीवन डुङ्गा हाँक्ने कुशल माझी मेरा प्रीतप्यारा छन् !
२
खुशीले हर्षका फूल झारेर लाइक गर्नेलाई पनि सलाम छ
जलन भएर , जाँगर मारेर लाइक गर्नेलाई पनि सलाम छ
आखीर पीपल वा तितेपाती दुवै मलाई अक्सिजन नै दिने त हुन !
मलाई सिकाएर,सक्षम पारेर लाइक गर्नेलाई पनि सलाम छ ।
३
जनताले नै हटाएको राजतन्त्र चाहिएन भन्दैछन् जनता
गणतन्त्र भनेकाको पनि ह्रस्वदीर्घ मिलाइएन भन्दैछन् जनता
अति नै भयो देशमा पानी धमिल्याउँदै माछा मार्दै गर्नेको चलखेल
शान्ति,मैत्री,प्रगतिको आभास पटक्कै पाइएन भन्दैछन् जनता l
४
यहाँ त सत्य बोल्ने,गर्ने सबैलाई नै अचाडू बनाइन्छ
कर्मठ,विद्वान् ,जनशक्तिलाई विदेशका झाडू बनाइन्छ
राजराजेश्वरीले सती भएर पोलिनु परेको देश हो नि त !
यहाँ बाघका बच्चाहरूलाई समेत गधाको गाँडू बनाइन्छ !
५
आफन्तलाई नचाहेर पनि दु:ख दिनु पर्दोरहेछ
कहिलेकाहीँ अभर पर्दा काम लिनु पर्दोरहेछ
परिस्थितिले बाध्यताको आगो सल्काइदिएपछि
मजस्ताले त मनमनै दुखेर दन्किनुपर्दोरहेछ !
शर्मिला कार्की ' शरु'
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।