रास्वपा केन्द्रीय समितिमा पहिलोपटक समाविष्ट नामहरू
काठमाडौँ, मङ्सिर, १३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति ५८ सदस्यीय बनेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५८ सदस्यीय बनेको हो । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय सदस्य रहने प्रावधान छ l
रास्वपा स्रोतअनुसार कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने निर्णय भएको जानकारी मिलेको छ l
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् । त्यस्तै अनिलकेशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरी पनि केन्द्रीय सदस्य मनोनयनमा परेका नामहरू हुन् l
यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाबाट इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन ।
यस्तै यसअघि केन्द्रीय सदस्य रहेका मोहन बहादुर थापाले राजीनामा दिएका थिए । उनको राजीनामा यसअघि नै स्वीकृत भएसँगै पार्टी केन्द्रीय सदस्यको सङ्ख्या ५८ मा सीमित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...