श्री निवास सहित दुर्गा प्रसाईका कार्यकर्ता विरुद्ध मुद्दा
काठमाडौं, मङ्सिर,१२
राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा पक्राउ परेका ८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। सोमबार पक्राउ परेका १८ जनामध्ये ८ जनाविरुद्ध मुद्दा चलाइएको हो।
८ जनामध्ये ५ जनालाई सार्वजनिक शान्ति विरुद्धको कसुर र ३ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रीनिवास आचार्य, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का र अनिल गुरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र मनोज थापा, बिनन्जय थापा र निकेश बास्तोला विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको हो।
राजतन्त्र पुनर्स्थापनाको माग राखेर गत ७ गते देखि दुर्गा प्रसाईं विभिन्न स्थानमा आन्दोलन गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...