दुर्गा प्रसाईको प्रदर्शन स्थगित, विविध स्थानमा सांस्कृतिक कार्यक्रम मात्रै

काठमाडौँ, मङ्सिर,१०
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो ।
शुक्रबार तीनकुनेमा सरकारले प्रदर्शनकारीलाई छेकबार र प्रसाईलाई भक्तपुर घरैमा नजरबन्द जस्तो स्थितिमा राखेपछि उनलाई शान्तिपूर्ण आन्दोलन गर्न दिनुपर्ने माग उठेको थियो l उनले शनिबार सिफलमा प्रदर्शन पनि गरे तर सहभागिता निराशाजनक देखियो l काठमाडौँ बासीले साथ नदिएकोमा दुर्गा रुष्ट थिए l
। आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...