दुर्गा प्रसाईको प्रदर्शन स्थगित, विविध स्थानमा सांस्कृतिक कार्यक्रम मात्रै
काठमाडौँ, मङ्सिर,१०
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो ।
शुक्रबार तीनकुनेमा सरकारले प्रदर्शनकारीलाई छेकबार र प्रसाईलाई भक्तपुर घरैमा नजरबन्द जस्तो स्थितिमा राखेपछि उनलाई शान्तिपूर्ण आन्दोलन गर्न दिनुपर्ने माग उठेको थियो l उनले शनिबार सिफलमा प्रदर्शन पनि गरे तर सहभागिता निराशाजनक देखियो l काठमाडौँ बासीले साथ नदिएकोमा दुर्गा रुष्ट थिए l
। आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...