आजको मौसमको पूर्वानुमान, जानी राखौं

काठमाडौँ, कार्तिक, २९
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।
राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । विभागका अनुसार उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् l
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जार...
नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको 'ह्वाइट' गुम्बा । तस्बिर : हरिराम भेटुवाल