आदिपुरुष विवादमा माफी माग्दै भारतीय कम्पनीले बालेनलाई पठायाे पत्र
@Silapatra for Test purpose
नेपालमा चलचित्र आदिपुरुषबारेको विवाद चर्केपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाउँदै स्पष्टीकरण दिएको छ ।
कम्पनीले इमेलमार्फत पठाएको पत्रमा चलचित्र आदिपुरुषमा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभएर सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरिएको दाबी गरिएको छ ।
यद्पि नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए पत्रमार्फत माफी पनि मागिएकाे छ । 'नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए माफी चाहन्छौँ । यो कहिले पनि जानाजानी असमानताको कारण थिएन', पत्रमा उल्लेख छ ।
कम्पनीका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित पत्रमा संसारका सबै महिलाहरूको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको उल्लेख गर्दै आदिपुरुषलाई कलात्मक प्रदर्शनको रूपमा ग्रहण गर्न आग्रह गरिएकाे छ ।
'चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा'मा जन्मस्थानको कुनै सन्दर्भ छैन', पत्रमा भनिएकाे छ ।
सीता भारतमा जन्मेकी हुन् भन्ने अर्थ दिनेगरी आदिपुरुषमा राखिएकाे वाक्यांश चलचित्रबाट नहटाइए काठमाडाैंमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन हुन नदिने निर्णय काठमाडाैं महानगरपालिकाले गरेकाे छ । महानगर प्रमुख बालेन्द्र शाहले नेपालमा प्रदर्शन हुने मात्रै नभइ भारतमै प्रदर्शन हुने उक्त चलचित्रबाट साे वाक्यांश हटाइनुपर्ने अडान लिएका छन् ।
हेर्नुहाेस् भारतीय कम्पनीले पठाएकाे पत्र:
यो पनि हेर्नुहोस् :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...