भूकम्प पीडितको उद्धार राहत ,स्वास्थ्य उपचार र व्यवस्थापनमा रास्वपाको टीम
भूकम्प पीडितको राहत उद्धार स्वास्थ्य र सेवाको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच सदस्सीय टीमको घोषणा गरी सहयोगको लागि सार्वजनिक आव्हान गरेको छ l रास्वपाका महामन्न्त्री मुकुल ढकालका अनुसार रास्वपाको अनुरोध यसप्रकारको छ :
प्रभावित क्षेत्रमा कुनै किसिमको कमी कमजोरी नहुने गरी तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई राहत तथा उद्धार कार्यमा तीनै तहको सरकार खटियोस् । देश विदेशका रहेका नेपालीजन, पार्टीका साथीहरू पनि राज्यको संयन्त्रको समन्वयमा आफूले सकेको सहयोग गर्नुहुन अनुरोध छ ।
साथै, राहत तथा उद्दार कार्य लगायत अन्य कार्यमा राज्यका संयन्त्रहरुसँग आवश्यक समन्वय गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निम्नानुसार टिम गठन गरिएको छ :
१) सुमना श्रेष्ठ - लजिस्टिक्स लगायत
अन्य व्यवस्थापन ।
२) डा. तोसिमा कार्की - स्वास्थ्य उद्धार।
३) डा. प्रभात अधिकारी - स्वास्थ्य उद्धार ।
४) विष्णु कुमार श्रेष्ठ - राहत तथा उद्धार ।
५) प्रतिभा रावल - टिम व्यवस्थापन एवं अन्य समन्वय ।
सम्पर्क नम्बर:
९८५१०५२७७४
९८४११७६०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...