नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन - बालेन शाह
काठमाडौं,कार्तिक, १५
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका छन् ।
उनले भनेका छन्, “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।”l मेयर शाह पटक पटक आफ्नो स्टाटस् मार्फत विवाद र चर्चामा आइरहने गरेका छन् l उनी आफ्नो असन्तुष्टि प्राय बेलुकितिर सार्वजनिक गर्छन् l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l