राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं, कार्तिक,१४
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसदको दुवै सदनलाई आज मंगलबार सम्बोधन गर्ने छन् ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुवै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने भएको छ l
बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको जानकारी प्राप्त भएको छ । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
‘संसदको अभ्यासअनुसार बैठक प्रारम्भ हुन्छ । दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोके बमोजिम बैठक सञ्चालन हुन्छ । सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ । सम्बोधन राखिसकेपछि भोलि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रश्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ ।’
महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने तयारी छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...