नेपाली कांग्रेसको चियापान आज एक बजेदेखि
काठमाडौँ, कार्तिक ११
नेपाली कांग्रेसले आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । चियापानमा दश हजार जनालाई निमन्त्रण गरिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
वि.सं. २०३३ मा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा बसालेको छ । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आज अपरान्ह १ः००-५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू , पेशागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू , मानव अधिकारकर्मीहरू , विभिन्न संञ्चार माध्यमका प्रमुखहरू , पत्रकारहरू गैर–आवासीय नेपालीहरूको सङ्घ–संस्थाका प्रमुखहरूलगायतका विशिष्ट महानुभावहरू , कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूको सहभागिता हुने पनि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चियापान कार्यक्रमलाई बीपीको निधनपछि, गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए । सुशील कोइरालाको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । नेपाली राजनीतिमा चियापान एउटा संस्कृति बनेर परिचित छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...