राजनीतिक दल चुनाव केन्द्रित मात्रै हुनु हुँदैन - रास्वपा सभापति लामिछाने
काठमाडौँ, असोज, २९
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन् । सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताएका हुन् ।
उनले राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताए । उनले भने, ‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिले काहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शङ्का नै शङ्का, आशङ्का नै आशङ्कामा हामीलाई पनि कयौँ अनुमानको घेरामा राखिएको छ । यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुन सक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।’
सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए। उनले पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताए । उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको जिकिर गरे । सोमबारबाट सुरू भएको नीति मन्थन कार्यक्रम भृकुटीमण्डप स्थित पर्यटनबोर्डमा संचालन भइ रहेको र भोलि ३० सम्म चल्ने बताएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...