कांग्रेसमा विवाद, हिमाल कार्कीको राजिनामा एमाले र कांग्रेसका शेखर समूहको कोसीमा गठजोड
विराटनगर, असोज, २५
नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।
उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।
एमालेसँग मिलेर शेखर समूहका केदार कार्कीले ८ कांग्रेस सांसदको हस्ताक्षरसहित केदार कार्कीले दाबी पेश गरेपछि कोसी कांग्रेसमा विवाद बढेको छ ।
पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेसका ८ प्रदेशसभा उभिएका छन् । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...