बैंक निक्षेपमा ऐतिहासिक पहिरो, १२१ अर्ब रुपैयाँले हरायो बैंकको निक्षेप, ऋण लगानी अझै ठप्प

काठमाडौं। नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरुको निक्षेप लगातार घट्न थालेको छ। साउन २७ गतेसम्मको तथ्यांक अनुसार, निक्षेप एक खर्ब २१ अर्ब रुपैयाँले घटिसकेको छ।
बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, साउन लागेको पहिलो साता नै निक्षेप ६४ अर्बले हराएको थियो। दोस्रो साता थप २८ अर्ब रुपैयाँले हरायो। तेस्रो सातासम्म आइपुग्दा अर्को ४ अर्बले हरायो भने त्यसपछिको अर्को साता थप २६ अर्ब रुपैयाँले निक्षेप हराएको छ।
निक्षेप गायब भइरहँदा ऋण भने स्थिर छ। तेस्रो सातासम्म घटेको ऋण पछि केही सुधार भएर असार मसान्तकै हाराहारीमा छ। अहिले बैंकसँग कुल ऋण ४१ खर्ब ७५ अर्ब रुपैयाँ छ। निक्षेप भने ४४ खर्ब २१ अर्ब रुपैयाँ छ। यो गत बिहीबारसम्मको तथ्यांक हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको शुक्रबारको तथ्यांक अनुसार निक्षेप थप दुई अर्बले घटेर ४४ खर्ब १९ अर्ब रुपैयाँमा आइसकेको छ। पछिल्लो दुई दिनमा ऋण ६ अर्बले घटेको छ।
#copy bizzmandu
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...