विवेक ओझाको उपन्यास ‘ऐंठन’लाई २०७९ सालको मदन पुरस्कार

विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ।
मदन पुरस्कार गुठीले आइतबार मदन पुरस्कार ओझाको ‘ऐंठन’लाई दिने निर्णय गरेको हो।
मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईकृत ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि थिए । साँग्रिला बुक्सले प्रकाशन गरेको ‘ऐंठन’ को विमोचन गत चैतमा गरिएको थियो।
ओझाले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखेका थिए। सांग्रिला बुक्सबाट पुस्तक बजारमा आएको थियो।साँग्रिला बुक्सबाट प्रकाशित ‘ऐंठन’ ओझाको दोस्रो उपन्यास र तेस्रो कृति हो। पहिलो कृतिका रूपमा उनले २०७० सालमा ‘एक पाइला आकाशमा’ गजल संग्रह निकालेका थिए।
गजल लेखनबाट उपन्यास लेखन यात्रामा आएका विवेकको चौथो कृतिको पाण्डुलीपी पनि तयार भइसकेको जानकारी दिएका छन् l
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र ! देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।
सम्हाल्नै सकिन मैले सम्हाली देऊ सीसाझै टुक्रिएर चाहना छरिएका छन् ।l