राष्ट्रिय सभा गृह अघि छ दिनदेखि उभिएर बालेनको विरुद्द प्रदर्शन गर्ने ई: को हुन् ?
काठमाडौं,असोज,७
महानगरको कार्यशैलीविरुद्ध काठमाडौँको सभागृहअघि पम्प्लेट बोकेर उभिरहेका छन् गत मङ्गलबार २ गते देखि २८ वर्षीय ई : l सुन्निएका गोडा, हातमा ‘जस्टिस फर स्ट्रिट भेन्डर’, ‘मानवता, समानुभूति र जवाफदेहीता नभएको युवा सरकार कसरी फरक भयो? लगायतका पम्प्लेट लिएर काठमाडौँका स्थानीय ई :राष्ट्रिय सभागृहबाहिर लगातार छैटौं दिनदेखि उभिएर ध्यानाकर्षण गराइरहेका छन् l
को हुन् अभियन्ता ई : ?
आफ्नो नाम समेत स्पष्ट खुलाउन नचाहने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । संविधान मेरो होइन भनेर सिंहदरवारमा केही वर्षअघि रातो पोतेर चर्चामा आएका उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सन्चालित 'इनफ इज इनफ' अभियानको नेतृत्वमा थिए ।
विशेषगरी संविधान सभाबाट संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरवारको पर्खालमा रातो पोतेका थिए ।
अकुपाई बालुवाटार, हनुमानढोका निजीकरण गर्न खोजेको विरुद्धको अभियान, म स्वदेशी भन्ने सामाजिक काम र अभियानहरूमा पनि उनलाई देख्न सकिन्थ्यो । विवेकशील नेपाली दल गठनको क्रममा सहयोग गर्ने मध्येका उनी पनि एक थिए ।
कोभिड महामारीको बेला ओली सरकारविरुद्ध २३ दिन ‘अनसन’ बसेका थिए । उनी अनशन बसेको अस्पपतालमा नै ओली उनलाई भेट्न पुगेका थिए l त्यैबेला उनलाई १२ दिनसम्म अनशन बसेर पुकार बमले साथ दिएका थिए l पुकार पनि उनको अभियानमा ऐक्यवद्द्ता जाहेर गर्न हिजो पुगेका थिए भने आज विवेकशील नेपालीका शशिविक्रम कार्कीलगायतले उनलाई साथ दिइरहेका छन् l ईः महानगरपालिकाका मेयर बालेन शाहसँग जवाफदेहीता खोज्दै सभागृह अगाडि उभिन थालेका हुन् । फुटपाथ व्यवसायी पनि नारा जुलुस सहित राष्ट्रिय सभा गृह अगाडि धर्नामा छन् l
उनलाई सुरूवाती दिनमा विवेकशील साझा पार्टीले अभियानमा सघाएको थियो भने व्यक्तिगतरूपमा गगन थापालगायतका नेताको साथ थियो । केही मिडियाको समेत सहयोग लिएर अघि बढेका ईः आफूलाई केहीको माया नभएको फकिर भन्न रुचाउँछन् ।
पछिल्लो समय करीव आधा दर्जन सहयोगीसहित उनी मेयर बालेन शाहको जवाफ खोजेर उभिएका छन् । बालेनले भने उनलाई कुनै वास्ता खोजी गरेका छैनन् । धर्नामा उनी उभिएर नै बसेका छन् l उभिदा उनको खुट्टा सुन्निएर हात्ती पाइले लागेको गोडाजस्तै भएको छ l झरी घाम पानी केहीको परवाह नगरी ईः उभिएर नै विरोध प्रदर्शन गरिरहेका छन् l विरोध र ध्यान आकर्षणको यो शैली नौलो देखिएको छ l
गगन थापाले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभागृहबाहिर छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईःलगायतका साथीका बारेमा महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...