ए हुलहरू हो ! के एउटा नाथे डाक्टर पिट्छौ ?
ए भिडहरू हो,
ए हुलहरू हो,
के एउटा नाथे डाक्टर पिट्छौ
र,
बहादुुरी देखाउँछौ ?
के अस्पताल फोड्छौ ?
र,
तमासा देखाउँछौ ?
सक्छौ भने जाऊ न अदालत हाल न मुद्दा र लगाऊ वकिल ।
ए भिड भित्रका मान्छेहरू,
एकाएक त भैंसीको हुलले नि,
लखेट्ला बाघलाई ?
डाँकाले पनि लुट्छ नि,
धम्काएरै लाखौं लाख l
के जाबो बल देखाऊँछौ ?
जाऊ न न्यायाधीश कहाँ.
गर न उजुर,
देखाऊ न गल्ती ?
मन्जुर छ कठघरा,
लगाऊ न हतकडी l
प्रा.डा. कृष्णप्रसाद पौडेल
भरतपुर चितवन
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्