केपी ओलीको कुशे औंसी
आज कुशे औंसी बुबाको मुख हेर्ने दिन भनेर परिचित छ l आफ्ना जन्म दिने बुबालगायत बुबा तुल्य व्यक्तिका लागि असिम,श्रद्दा र भक्तिभाव प्रकट गरिन्छ l जीवित बुबाहरूको लागि भेटघाट गर्ने र परलोक पुग्नु भएकाप्रति विशेष स्मरण गर्ने, रचनात्मक कार्यगरी सम्झने चलन छ l टाढा रहेका छोराछोरीले आफ्ना बुबासँग फोन गरेर आशिर्वाद लिने पनि गरिन्छ l एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्ना बुबा झापा रहेको कारण भेट्न आज अवसर नमिले पनि बुबालाई ढोग छ भन्दै यो तस्बिर सार्वजनिक गरेका छन् l उनको सार्वजनिक सञ्जालमा पोष्ट भएको कुशे औंसी सन्दर्भ यहाँ जस्ताको त्यस्तै :
आज कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन । बुबा झापामा हुनुहुन्छ, उहाँसँग भेटेर आशीर्वाद लिने अवसर मिलेन। मलाई सधैं उहाँको ढाडस र आशीर्वाद छ। बुबालाई ढोग छ ।
akabarey.com परीक्षण प्रसारणमा छ l
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।