ढाकाकुमारले पोलेका मोहनजङ्ग थापामाथि रास्वाले अनुसन्धान थाल्यो
काठमाडौं, भाद्र, २७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको बताएको छ ।
रास्वपाले बर्खास्त गरेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापतिसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए । यसबारे अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।
गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
त्यही कारबाहीका कारण उनको सांसद पद गयो । पछिल्लो समय उनले त्यो बेला आफूलाई मन्त्री बनाउन भन्दै केन्द्रीय सदस्य थापाले ३ करोड रुपैयाँ मागेको दाबी गरेका छन् । यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै रास्वपाले श्रेष्ठमाथि प्रश्न उठाएको छ ।
त्यो अडियो सार्वजनिक भएपछि श्रेष्ठले कहिले त्यो अडियो आफ्नो होइन त कहिले पुसको अडियो अहिले किन सार्वजनिक भयो भन्ने गरेको रास्वपाले बताएको छ । साथै उक्त अडियो आफ्नो होइन भनेर उनले दिएको बयान पार्टीमा सुरक्षित नै रहेको भन्दै रास्वपाले भनेको छ, ‘कहिले कोर टीम छैन भन्ने त कहिले पार्टीका फरक फरक केन्द्रीय सदस्यलाई पोलिरहने जस्तो एकआपसमा परस्पर विरोधी अभिव्यक्ति दिइरहनु भयो ।’
पार्टीको नाम प्रयोग गरेर पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने रास्वपाले बताएको छ । तर पार्टीप्रति जनविश्वासमा चोट पुर्याउने प्रयत्न नहोस् भनेर समेत सचेत गराएको छ ।
रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले मिडियालाई अन्तर्वार्ता दिंदै अन्य नाम र कामको बारेमा पनि अझै, र विस्तारै बोल्ने भन्दै आएका छन् l
akabarey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...