फरार आभियुक्त क्रिष्टोफर हेनेस बारे सूचना दिने लाई २५ हजार डलर इनामको घोषणा
अमेरिका, भाद्र, २३
वाशिंगटन विश्वविद्यालय अस्पतालमा बुधबार हिरासतमा रहेका हत्याका संदिग्ध क्रिस्टोफर हेनेस अस्पतालको आपतकालीन कक्षबाट दुई जना डिसी प्रहरीबाट अधिकारीहरूबाट भागेका छन् । उनको खोजी व्यापक गरिएको छ भने सूचना दिनेलाई २५ हजार डलरको इनाम डिसी प्रहरीले राखेको छ ।
डीसी प्रहरी प्रमुख पामेला स्मिथका अनुसार हेनेसको हतकडीलाई आफ्नो नाडीबाट खोल्दै गर्दा एक हातमा हतकडी सहित अस्पतालबाट भागेका छन् ।
३० वर्षीय हेनेसको खोजीमा धेरै प्रहरी संस्था र प्रहरीहरु सामेल भएका छन्। प्रमुख स्मिथले यस विषयमा अनुसन्धान भइरहेको बताएकी छन्।
हेनेसलाई बुधबार बिहान पक्राउ गरिएको थिए । उनलाई गेन्सभिल भर्जिनियाका ब्रेन्ट हेवार्डको मृत्यु भए पछि हत्याको आरोपमा लगाईएको छ । घटना गत अगस्त १२ मा डिसीको एक इन्धन चौकी ( ग्यास स्टेशन)मा भएको थियो।
प्रमुख स्मिथले हेन्सलाई बुधवार बिहान मनाससमा गिरफ्तार गरिएको र डिसी सुपुर्दगी गरिएको थियो । प्रमुखका अनुसार हेनेसलाई डिसी दक्षिणपश्चिमको ज्यानमारा (होमिसाइड )शाखामा सोधपुछ भइरहेको अवस्थामा उनले खुट्टा दुखेको भने पछि अस्पताल लागिएको थियो ।
एक डिसी अधिकारीले उनलाई अस्पताल लगेका थिए । प्रमुखका अनुसार अर्का प्रहरी अधिकारी पनि अस्पतालमा गएका थिए भनि एबिसी७न्यूजले जनाएको छ ।
यो सामग्री eneplese.com बाट साभार गरिएको हो l akabarey.com परीक्षण प्रसारणमा छ l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...