नेपाली कांग्रेसले १५ विभागको जिम्मेवारी तोक्यो
काठमाडौँ, भाद्र,१५
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भएको झण्डै दुई वर्ष हुन लाग्दा १५ विभागका प्रमुखहरू तोकेका छन् । सभापति देउवाले शुक्रबार राति पार्टीका विभिन्न १५ विभागका प्रमुखहरू तोकेका हुन् । पार्टी विधानको धारा ३७ को १ (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमुखको जिम्मेवारी तोकेका छन् ।
निम्लिखित व्यक्तिहरूले देहायका विभागको जिम्मेवारी पाएका छन् ।
१ कृष्णचन्द्र नेपाली पोखरेल - प्रदेश समन्वय विभाग
२ पुष्पा भुसाल - महिला विभाग
३ चिनकाजी श्रेष्ठ - उद्योग तथा व्यापार विभाग
४ किरण यादव तराई - मधेश समन्वय विभाग
५ योगेन्द्र चौधरी - थारु विभाग
६ गेहेन्द्र गिरी - जेष्ठ नागरिक समन्वय विभाग
७ आङ्गेलु शेर्पा - पर्यटन विभाग
८ डा. रणबहादुर रावल - गैर सरकारी संस्था समन्वय विभाग
९ दिलमान पाख्रिन - आदिवासी जनजाति विभाग
१० प्रकाश रसाईली स्नेही - वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११ रंगमती शाही - पिछडिएको क्षेत्र विभाग
१२ गुरु बराल - आपूर्ति तथा उपभोक्ता विभाग
१३ नानु बास्तोला - जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४ मदनकृष्ण श्रेष्ठ - अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ सीता थपलिया (उर्मिला) - उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग
akabarey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...