युवा उत्प्रेरणाको लागि 'ब्रेक थ्रु विथ रोहित मल्ल' कार्यक्रम हुने
गैरनाफामुलक सामाजिक संस्था युनिभर्सिटी अफ थ्री जेनेरेसनको आयोजनामा 'ब्रेक थ्रु विथ रोहित मल्ल' नामक एक दिने युवा उत्प्रेरणात्मक कार्यक्रम संचालन हुन गैरहेको छ । यही भदौ १९ गते मंगलबारका दिन काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रम हुनेछ ।
युवा वर्गमा विद्यमान समस्याहरूलाई समाधान गर्दै सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने सन्देशमा यस कार्यक्रम केन्द्रित रहेको जनाइएको छ । कार्यक्रमको मुख्य वक्ता रूपमा युवा मोटिभेसनल स्पिकर रोहित मल्ल रहेका छन । उनि ७ वर्ष देखि देशका विभिन्न स्थानहरू मा पुगेर उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्दै आइरहेका छन् । उनैको मुख्य प्रस्तुतिमा स्ट्रगल , पसिबल , फियरलेस जस्ता देशव्यापी मोटिभेसनल सेमिनार सम्पन्न भैसकेको छ ।
विशेषत युवा वर्गमा आफ्नो करियरमा के बन्ने , सम्बन्ध कसरी कायम राख्ने , लागु पदार्थ दुर्व्यसनबाट कसरी पर रहने जस्ता विषयहरूमा अथाह दुविधा रहेकाले उनीहरूलाई सकारात्मक कार्यका लागि उत्प्रेरित गर्न यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...