त्रिवि दीक्षान्त समारोह क्रिसमसकै दिन राखिएकोमा संयुक्त नागरिक पार्टीको आपत्ति
काठमाडौँ, मङ्सिर २८ — त्रिभुवन विश्वविद्यालयले आउने २०८२ पौष १० गते (डिसेम्बर २५, २०२५) बिहीवारका दिन ५१ औँ दीक्षान्त समारोह आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेकोप्रति संयुक्त नागरिक पार्टीले आपत्ति जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै विश्वभरका ख्रीष्टियन धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा र आस्थाका साथ मनाउने येशू ख्रीष्टको जन्मोत्सव (क्रिसमस डे) लाई नेपालका इसाई समुदायले पनि महत्वपूर्ण धार्मिक पर्वका रूपमा मनाउँदै आएको उल्लेख गरेको छ।
राष्ट्रकै पहिलो तथा सबैभन्दा ठूलो विश्वविद्यालयले दीक्षान्त समारोहजस्तो गरिमामय कार्यक्रम यही दिन आयोजना गर्दा ख्रीष्टियन समुदायका विद्यार्थी, शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू असहज अवस्थामा पर्ने पार्टीको भनाइ छ। पार्टीका प्रवक्ता बिदुर अधिकारीले सोही दिन विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूले समेत परीक्षा कार्यक्रम राखेको जानकारी आएको उल्लेख गर्दै यसले लाखौँ ख्रीष्टियन धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि प्रहार भएको जनाएको छ । प्रमुख धार्मिक चाडपर्वकै दिन शैक्षिक तथा औपचारिक कार्यक्रम आयोजना गरिनु धार्मिक स्वतन्त्रताको अभ्यास माथि आघात भएको पार्टीको ठहर छ । प्रवक्ता विदुर अधिकारीद्वारा जारी विज्ञप्तिमा राज्यका विभिन्न अङ्ग तथा संयन्त्रहरूबाट बारम्बार देखिने यस्ता कार्यले धार्मिक संवेदनहीनता, ख्रीष्टियन समुदायप्रतिको अवहेलना तथा धार्मिक स्वतन्त्रता, समानता र सहिष्णुताप्रति बेवास्ता झल्कने उल्लेख गरिएको छ । नवयुवा पुस्ता (Gen Z) आन्दोलनपछि बनेको नागरिक सरकार यस्ता विषयमा सचेत हुनुपर्ने पार्टीको धारणा छ ।
संयुक्त नागरिक पार्टीले कुनै पनि धार्मिक समुदायका प्रमुख चाडपर्वका दिन परीक्षा, दीक्षान्त समारोहजस्ता कार्यक्रमहरू आयोजना नगर्न र त्रिविको दीक्षान्त समारोहलाई क्रिसमस डे बाहेक अन्य कुनै दिनमा सार्न आग्रह गरेको छ । साथै, भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टीले अघि सारेको छ ।
संयुक्त नागरिक पार्टीको विज्ञप्ति :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...