'हाम्रो पार्टी नेपाल' ले पनि पायो विधिवत पार्टी दर्ताको प्रमाणपत्र,दल दर्ता नम्बर २१६
काठमाडौँ : 'दलितका लागि दलित' अभियान संचालन गरिरहेका अभियन्ता खगेन्द्र सुनारले आज निर्वाचन आयोगमा बाजागाजासहित पुगेर पार्टी दर्ता पत्र लिएका हुन् । उनको पार्टीको नाम 'हाम्रो पार्टी नेपाल' रहेको छ l
'हाम्रो पार्टी नेपाल'ले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन् । दल दर्ता नम्बर २१६ रहेको छ । यो पार्टीको चुनाव चिह्न 'लाइक' रहेको छ ।
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले पत्रकारहरूसँग कुराकानी गर्दै आफू आगामी निर्वाचनमा चुनाव लड्ने र पार्टीले प्रधानमन्त्री बन्ने गरी चुनावको तयारी गर्ने उल्लेख गरेका छन् ।
‘केपी ओली र रमेश लेखक चुनाव लड्न पाउने भए म त्यही क्षेत्रमा लड्थें, उनीहरूलाई मुद्दा लागेर चुनाव लड्न पाउँदैनन् l त्यसैले म अर्को कुनै एक क्षेत्रबाट चुनाव लड्छु ।' सुनारले भने l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...