सर्वोच्च अदालतको आदेशले थुनामुक्त भए दुर्गा प्रसाई
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो
आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन्,। तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए ।
आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए। उनले भने, ’सर्वप्रथम म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु। पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो ।’
हामीले यो आन्दोलनलाई स्थगित गरेको होइन, केवल आन्दोलनको मोडालिटी केही समयका लागि परिवर्तन गरेका हौँ । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यूले विशेष अनुरोध गर्दै दुर्गाजी, एक पटक बसौँ, तपाईँले उठाएका मागहरू जनजीविका र सर्वहारा वर्गसँग सम्बन्धित छन् भनेपछि मैले उहाँहरूको वचन राखेको हुँ।’प्रसाईँले भने l
दुर्गा प्रसाई समूहसँग सरकारले अस्ति वार्ता गरेको थियो । वार्तापछि प्रसाईँको मागबारे छलफल गर्दै जाने सहमति भएसँगै उनको अभियानले हिजोदेखि तय भएको बन्दसहितको कार्यक्रम फिर्ता गर्ने सहमति गरेको थियो l
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...