दुर्गा प्रसाईं समूहको आजदेखि हुने भनेको आम हड्ताललगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता
७,मंसिर, काठमाडौं: दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आज गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने भएको छ ।
बालुवाटारमा सरकारसङ्ग हिजो बेलुकी भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका लागि उक्त समुहका सदस्यहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाईं थिए ।
वार्ताको क्रममा मङ्सिर ७ गतेदेखि घोषणा गरिएको आन्दोलनको कार्यक्रम फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो l
छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।
महा अभियानका प्रमुख दुर्गा प्रसाईंलाई भने सरकारले पक्राउ गरेर प्रहरी कार्यालय काठमाडौंको हिरासतमा राखेको छ l
वार्तापछि जारी प्रेस विज्ञप्ति :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...