दुर्गा प्रसाईं समूहको आजदेखि हुने भनेको आम हड्ताललगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता
७,मंसिर, काठमाडौं: दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आज गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने भएको छ ।
बालुवाटारमा सरकारसङ्ग हिजो बेलुकी भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका लागि उक्त समुहका सदस्यहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाईं थिए ।
वार्ताको क्रममा मङ्सिर ७ गतेदेखि घोषणा गरिएको आन्दोलनको कार्यक्रम फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो l
छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।
महा अभियानका प्रमुख दुर्गा प्रसाईंलाई भने सरकारले पक्राउ गरेर प्रहरी कार्यालय काठमाडौंको हिरासतमा राखेको छ l
वार्तापछि जारी प्रेस विज्ञप्ति :
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...