देउवा दम्पती सिंगापुरमा
काठमाडौं,११ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।
हिजो राति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरू सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयर प्रयोग गरेका थिए ।
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो । उपचारको लागि सिंगापुर जाने चर्चा चले पनि कहिले जाने कुरा गोप्य राखिएको थियो ।
लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए । कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा बैठकबाट बाहिरिएका थिए l त्यसयता कुनै सार्वजनिक समारोहमा नदेखिएका देउवा हिजो सिंगापुर पुगेपछि मात्र धेरैलाई थाहा भएको थियो उपचारको लागि सिंगापुर जाने चर्चा चले पनि कहिले जाने कुरा गोप्य राखिएको थियो ।
स्मरणीय : सार्वजनिक संजाल बाट फोटो साभार l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...