गजल-'अति गर्नु अत्याचार नगर्नु पुर्खाले भनेकै हुन्'-दामोदर सापकोटा

गजल ऊ! हेर त उता कसरी उज्यालो छाएको छ
आज यो देशमा सुनौलो बिहानी आएको छ ।
देख्यौ हैन ? धैर्यको बाँध टुटेपछि के हुँदो रैछ
यहाँ युवाले कसरी आफ्नै रगत बगाएको छ ।
अति गर्नु अत्याचार नगर्नु पुर्खाले भनेकै हुन्
कर्म जस्तो उस्तै फल हेर उसले पाएको छ ।
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र !
देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।
जसरी विध्वंश भयो त्यसरी नै उठ्न सक्छौं
युवाको जोश जाँगरले नयाँ आशा पलाएको छ ।
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
सम्हाल्नै सकिन मैले सम्हाली देऊ सीसाझै टुक्रिएर चाहना छरिएका छन् ।l
समृद्ध नेपाल संघर्षशील नेपाली आफैमा आत्म निर्भर भएको हेर्नुछ ।