गजल-उनीहरूले पक्कै आँसु पिएका छन्-दामोदर सापकोटा
उनीहरूले पक्कै आँसु पिएका छन्
र त यसरी हाँसी हाँसी जिएका छन् । १
सम्हाल्नै सकिन मैले सम्हाली देऊ
सीसाझै टुक्रिएर चाहना छरिएका छन् ।।२
थाहा छ, तिमी को हौ बताइराख्नु पर्दैन
तिम्रा वरिपरि यस्ता मान्छे उभिएका छन् ।३
के यही देख्नलाई आजसम्म बाँचेको हूँ
आफ्नै भाषा बेच्ने पनि भेटिएका छन् ।४
के नै छ र बेच्न बाँकी अब यो देशले
बाआमाका सहारा पनि बेचिएका छन् ।५
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्