नैतिकताका आधारमा पदमा बस्दिनँ- गृहमन्त्री लेखक
काठमाडौं,२३ भदौ:गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी आज बेलुकी पार्टीलाई गराएका छन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यो घोषणा गरेर बाहिर निस्किएको जानकारी प्राप्त भएको छ l
ठूलो जनधनको क्षति भएको बताउँदै आफूले यस्तो बेला बस भनेर पार्टीले भने पनि पदमा बस्न नमिल्ने भन्दै नैतिकताको आधारमा राजिनमा दिन तयार भएको विश्वास नेताहरू समक्ष दिलाएका छन् l
आजको प्रदर्शनमा अकल्पनीय मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखक यसो भन्दै बाहिर निस्किएका थिए l
स्मरणीय : लेखकको फाइल फोटो विकिपीडियाबाट लिइएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...