जीवनका लागि गीताज्ञान अभियानद्वारा अनलाइन पाठशाला सञ्चालन
काठमाडौँ:गीता ज्ञानबारे अध्ययन अनुसन्धान गर्दै जीवन र समाजमा प्रयोग गर्दै ,व्यक्तिगत र सामाजिक रूपान्तरणमा प्रतिवद्ध रहेको जीवनका लागि गीता ज्ञान अभियानले युवा विद्यार्थीका लागि अनलाइन पाठशाला सञ्चालन गरेको यस अभियानका संस्थापक संयोजक डा. हरिचन्द्र कमलीले बताउनु भयो । विद्यार्थीहरू बिच गीता ज्ञानको महिमा बारे हालै अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको अभियानले, उक्त प्रतयोगितामा सहभागी भएका र थप रुचि भएका विद्यार्थीलाई समेटेर हप्ताको दुई घण्टा कक्षा सञ्चालन गर्दै आएको छ । उक्त पाठशालाका प्राचार्य देबेन्द्र कश्यप भन्नु हुन्छ, "एक अद्भुत महायज्ञ। एक उत्तम पूजा। एक उत्तम तप ।''
ऐतिहासिक पाठशाला । जीवनका लागि गीता ज्ञान पाठशाला । देशैभरिबाट आउनुभएका ७०+ विद्यार्थीबाट छनोटमा पर्नुहुने ३२ विद्यार्थीको साथमा । एक यस्तो गीता ज्ञान पाठशाला जस्ले घर छोड्ने बनाउदैन घर बुझ्ने बनाउँछ ।
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ । यहाँ अन्यायमा सहनशील बन्न सिकिदैन । न्यायको लागि लड्न सिकिन्छ । न्यायको मार्गमा चल्न सिकिन्छ । प्रारम्भ गरेको कार्यलाई सम्पन्न गर्न सिकिन्छ ।
श्रीकृष्ण जन्माष्टमीको कार्यक्रममा गीता ज्ञान वक्तृत्वकला प्रतियोगिताका प्रतियोगीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौमा पुरस्कृत र सम्मान गर्ने कार्यक्रम सगै यस पाठशालाको पनि उद्दघाटन भएको थियो । उक्त कार्यक्रममा प्रमुख निलकण्ठ बाबा र विशिष्ट अतिथिहरुमा डा. चिन्ता मणी नाथ योगी, डा. गोविन्द शरण उपाध्याय, शिक्षाविद् डा. विद्यानाथ कोइराला लगायतको उपस्थिति रहेको थियो । अभियानका केन्द्रीय सल्लाहकार गोकुल थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालक गायक तथा संगीतकार नरहरि प्रेमी र अभियानको काठमाण्डौ संयोजक योगमाला सिर्जना मैनालीले गर्नु भएको थियो ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l