चितवनबाट दिदीबहिनी हराए,खोजीको लागि अनुरोध

काठमाडौं, ११ भदौ:चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी हराएका छन् । हराएका दुई किशोरीहरूमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रिना र रोशनी दिदीबहिनीका छोरीहरू हुन् ।
हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको एसपी पुरीले बताए । उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक-७ घर भएका उनीहरू मंगलबार बिहानबाट हराएको परिवारले बताएको छ ।मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका उनीहरु त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।
उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...