नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको प्यानन नै विजयी

काठमाडौँ-नेपाल पर्वतारोहण संघ (एनएमए)को हिजो भदौ ७ मा भएको निर्वाचनको मत परिणाम प्राप्त भएको छ l नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा शेर्पा ३४२मत प्राप्त गरेर निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २८८ मत प्राप्त गरे । गुरुङ र शेर्पाको मतान्तर ५४ रहेको छ l
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूको तर्फबाट कुलबहादुर गुरुङ उम्मेदवार बनेका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए । शेर्पा समूहले प्यानल नै हात पारेका छन् l
वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
विजयी उमेद्वारले प्राप्त गरेको मत
अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८
वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८
प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
द्वितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८
महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८
सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )
सदस्य:
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७
स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पान...
अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा ब्याख्...
गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ ।