दलित समुदायका युवा शैक्षिक अभियन्ता मनोज राम सम्मानित
काठमाडौँ- सामाजिक अभियन्ता, दलित समुदायका शशक्त युवा मनोज राम काठमाडौंमा सोमवार सम्मानित भएका छन् । नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिका ४० जनालाई सम्मानित गरेकामा पर्साका दलित सामाजिक अभियन्ता राम पनि छनोटमा परेका हुन् । सामाजिक सेवामा समर्पित, दलित, विपन्न, सीमान्तकृत समुदायको लागि विगत लामो समयदेखि काम गरिरहेका ४० उमेर ननाघेका ४० जना व्यक्तिलाई अनलाइन खबरले छनोट गरेको थियो । उक्त छनोटमा सखुवाप्रसौनी गाउँपालिकामा बस्ने दलित तथा सीमान्तकृत समुदायको सेवामा अनवरत् लागेका रामलाई काठमाडौंमा अनलाइन खबरले सम्मानित गरेको हो ।
४० जना व्यक्तिको जीवन कथा पनि प्रकाशित गरिएको छ । ४० जना युवामध्ये रामलाई पनि आज अनलाइन खबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरेका हुन् ।
पर्साका राम विगत डेढ दशकभन्दा बढी समयदेखि जिल्ला, मधेस प्रदेश र देशकै विभिन्न जिल्लामा दलित, विपन्न, सीमान्तकृत समुदायको लागि सामाजिक कार्य गर्दै आएका छन् । उनले दलित समुदायको लागि सामाजिक न्याय, सशक्तीकरण, समानता, शिक्षा, आर्थिक सहयोग, बिरामी उपचारमा सहयोग, खानेपानीमा सहयोग, घर निर्माण, विपन्नको लागि योगदान गर्दै आएका छन् ।
अहिले रामको नेतृत्वमा पिस फर दलित्स फाउन्डेशन नेपालले पर्सा जिल्लाका चार स्थानमा दलित समुदायका एक हजार बालबालिकाको लागि विगत सात वर्षदेखि नि:शुल्क ट्युशन कक्षा तथा सिकाइ सुधार केन्द्र सञ्चालन गराउँदै आएका छन् । रामको सहयोगमा अहिलेसम्म दुई हजार बालबालिकालाई कापी, कलम वितरण गरिएको छ भने चालू आवमा पाँच हजार बालबालिकाको लागि कापी, कलम तथा शैक्षिक सामग्रीहरू वितरण गर्ने योजनामा काम गरिरहेका छन् ।
मनोज रामको आवद्धता
मनोज राम पिस फर दलित फाउन्डेसनका संस्थापक,नेपाल रेडक्रस सोसाइटी पर्साको सचिव,जवाफदेहिताको लागि नागरिक अभियानको सदस्य,member at Madesh Learning Collaborative,संयोजक at सीमान्तकृत समुदायकको सामाजिक न्यायका लागि सामूहिक अभियान,पर्सा,सचिव, दलित समृद्धि कृषक समूह,member at HDNP International आदिमा संलग्न छन् l रामले विभिन्न पुरष्कार र सम्मान पनि ग्रहण गरेका छन् l
सामाजिक न्यायको लागि अनवरत काम गर्ने मनोज रामलाई akabarey.com को पनि हार्दिक बधाई र शुभकामना !
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...